२०८१ बैशाख २२, शनिबार    

निर्माण सामग्री संघद्वारा क्यालेण्डर सार्वजनिक

२०८० बैशाख १३, बुधबार १७:२० बजे

निर्माण सामग्री व्यवसायी संघ मकवानपुरले आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

संघले बुधबार हेटौंडामा औपचारिक कार्यक्रम आयोजना गरी वार्षिक योजनासहित नयाँ वर्ष २०८० को क्यालेण्डर सार्वजनिक गरेको हो ।

लामो समयदेखि निर्माण सामग्री व्यवसायीको हितमा काम गरेको संस्थाले आगामी वर्ष थप कार्यक्रम आयोजना गर्ने तयारी गरेको संघका सचिव सुदिप तिमिल्सनाले जानकारी दिए ।

क्यालेण्डर सार्वजनिक लगत्तै बसेको  संघको वैठकले कार्यसमितिलाई समेत पूर्णता दिएको छ । संघको रिक्त रहेको सहसचिव पदमा सुवास दाहाल र कार्यसमिति सदस्यमा राजकुमार कार्कीलाई चयन गरेको छ । अब समिति १३ सदस्यीय भएको सचिव तिमल्सिनाले जानकारी दिए ।

संघ अध्यक्ष बालकृष्ण बजागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।