२०८१ बैशाख ११, मंगलबार    

जिल्ला समन्वयको बजेट ११ करोड ४६ लाख

२०७९ श्रावण २५, बुधबार १७:५६ बजे

जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७९/८० को लागि ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयााको बजेट पेश गरेको छ ।

बुधबार जिल्ला सभामा समन्वय समिति उपप्रमुख सानुकाजी लुईंटेलल बजेट कार्यान्वयन गर्ने स्रोतकोरुपमा संघीय अनुदानबाट १ करोड ४० लाख १७ हजार, वाग्मती प्रदेश सरकार अनुदानबाट ७५ लाख, प्राकृतिक स्रोतको रोयल्टी बााडफााटबाट १३ लाख, विविध कोष खातामा रहेको २२ लाख ४४ हजार, जिल्ला विकास समितिको मौज्दात कोषबाट ८ करोड ८८ लाख, कोरोना आपतकालीन कोषको १२ लाख गरी ११ करोड ४६ लाख ५ हजार ४७९ रुपैयाँको बजेट पेश गरेका थिए ।

समन्वय समितिले सन्तुलित, दिगो र गुणस्तरीय विकास, रोजगारी सृजना र गरिबी निवारण, खेलकुद र पर्यटन विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा प्राकृतिक स्रोतको सदुपयोग प्रबद्र्धन, सामाजिक न्याय तथा लैङ्गिक जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको समन्वय समिति प्रमुख ललितबहादुर घलानले बताए ।