२०८१ बैशाख १३, बिहीबार    

एकैदिन एक दर्जन फरार प्रतिबादी पक्राउ

२०८० बैशाख २८, बिहीबार १४:२० बजे

मकवानपुर प्रहरीले जिल्ला अदालतबाट भएको फैसलालाई वेवास्ता गर्दै फरार रहेको एक दर्जनलाई फरार प्रतिबादीलाई एकैदिन पक्राउ गरेको छ ।

प्रहरीले सुरु गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत् वाग्मती प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट खटिएको संयुक्त टोलीले १२ जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयन गर्न अदालत समक्ष बुझाइएको छ ।

प्रहरीका अनुसार २०७३ असार २६ गते भएको फैसला अनुसार केही सार्वजनिक अपराध मुद्दाका प्रतिबादी ५ जनालाई अदालत पेश गरी जरिवाना तिराइएको छ । बाँकी ७ जना भने कैद भक्तान गर्न क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ ।