लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ र यसअन्तर्गतका चार वटा लियो क्लबहरूले संयुत्त रूफमा सोमबार हेटौंडामा रक्तदान कार्यत्रम आयोजना गरेका छन् ।
क्लबका अध्यक्ष अशोक सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ विकेशलाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा विभिन्न लियो क्लबका अध्यक्षहरू तथा लियो डिस्ट्रिक्ट काउन्सिलका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस अवसरमा रक्तसंचार केन्द्र हेटौंडाले लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ र लियो मुत्तिनाथ फरिवारलाई सम्मान गरेको थियो।
कार्यक्रममा ४५ जनाले रत्तदान गरेका छन् । मुक्तिनाथ क्लबले फ्रत्येक वर्ष जुलाई १ मा यस्तो रक्तदान कार्यत्रम आयोजना गर्दै आएको छ ।