२०८१ बैशाख १३, बिहीबार    

कर्रा खोलामा पौडी खेल्ने क्रममा ३ जना बालक वेपत्ता

२०७९ आश्विन ७, शुक्रबार १८:४७ बजे

हेटौंडा ७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा १०–१२ बर्षका ३ जना बालक वेपत्ता भएका छन् ।

शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना बालकहरु पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीनजना बालक हराएको उद्धार गरिएका बालकले बताएका छन । हराइरहेका बालकहरुको वाग्मती प्रदेश प्रहरी कार्यलयबाट आएको उदार टोलीले खोजी गरिरहेको छ । सकुशल उद्धार गरिएका बालकका अनुसार उनीहरु हेटौंडा ८ कमानेबाट पौडी खेल्न आएका थिए । 

हराइरहेका बालकहरुको पहिचान हुन नसकेको खोजी कार्यमा संलग्न वडा प्रहरी कार्यलयका प्रहरी प्रमुख प्रहरी निरिक्षक केशरकुमार न्यौपानेले जानकारी दिए ।