२०८१ बैशाख १२, बुधबार    

लागूऔषध गाँजासहित ३ जना पक्राउ

२०७९ माघ २५, बुधबार १८:३९ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी–२ मा सवारीसाधन चेकजाँच गर्ने क्रममा चुनियाँतर्फबाट हेटौंडा बजार आउँदै गरेको बा.प्र.०३–००१ ह १४९१ नम्बरको अटोसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अटो रोक्न खोज्दा नरोकी भागेपछि प्रहरीले पछ्याउँदै प्रहरी चौकी चौकीटोलको समन्वयमा पक्राउ गरेको हो ।

मकवानपुर गढी गाउँपालिका–४ स्थित सामरी पुल नजिकै उनीहरुलाई फेला पारी अटो चालक हेटौंडा–८, कमानेका ४५ को सूर्य विश्वकर्मा, मनहरी–९ का २९ वर्षीय होमलाल मोक्तान र बैतडी रिम गाउँपालिका–६ बस्ने ३० वर्षीय कृष्णदत्त जोशीलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरुको साथबाट अबैध लागूऔषध गाँजा ५ किलो २०० ग्राम फेला पारेको थियो । उनीहरुलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।