२०८१ बैशाख १९, बुधबार    

चुनावको विरोध गर्दै भित्तेलेखन

२०७९ कार्तिक २०, आईतबार १८:५४ बजे

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा भित्तेलेखन सुरु गरेको छ । 

नेकपाले चुनावको विरोध गर्दै मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेको हो ।  नेकपाले मकवानपुरका दशवटै पालिकामा भित्तेलेखन अभियान सुरु गरेको नेकपा जिल्लाका सचिवालय सदस्य विवेक घलानले बताए। उनले निर्वाचनको विरोधमा भित्तेलेखनसँगै पर्चा वितरण र मसाल जुलुस प्रदर्शन गर्ने बताए।

‘जनताको चाहनाविपरीत जबर्जस्ती थोपरिएको चुनाव प्रत्युत्पादक हुने भएकाले विरोध गरेका हौँ । यो चुनावले देशको ढुकुटी रित्याउने र दलाल पुँजीवादी मोटाउने मात्र हो । मंसिर ४ गतेको चुनावले जनचाहना पूरा गर्दैन,’ घलानले भने ।

सचिवालय सदस्य घलानले जिल्लाको दशवटै पालिकामा विरोध कार्यक्रम गर्ने अभियानअन्तर्गत अहिले हेटौँडा उपमहानगरपालिका, कैलाश, मनहरी, मकवानपुरगढीलगायतका पालिकाहरूमा अभियान चलिरहेको र एक–दुई दिनमै सबै पालिकामा अभियान चलाउने बताए ।