२०८१ बैशाख १२, बुधबार    

२४ घण्टादेखि मीना लामाको अग्रता कायम

२०७९ जेठ ४, बुधबार १८:४३ बजे

हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले २४ घण्टादेखि आफ्नो अग्रतालाई कायम राखेकी छिन् ।

बुधबार साँझ ६ बजेसम्मको मत परिणाम अनुसार लामाले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई ६३६ मतको अग्रता कायम राखेकी हुन् । ४२ हजार १९० मत गणनाहुँदा लामाले १३ हजार ६९८ मत प्राप्त गरेकी छिन् । सिंहले १२ हजार ८६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ६०१ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ । उपमेयरमा कांग्रेसका  राजेश बानियाँले २० हजार ६०६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १५ हजार २६० मत प्राप्त गरेकी छिन् ।

हेटौंडामा हालसम्म ८ वटाको मत गणना सकिएको छ । जसमध्ये ६ वटामा कांग्रेस र २ वटा एमालेले जित हात पारेको छ ।