२०८१ बैशाख २४, सोमबार    

हेटौंडामा डाक्टर कुटपिट गर्ने दुईजना पक्राउ

२०८० भाद्र २८, बिहीबार १२:५४ बजे

डाक्टरमाथि कुटपिट गर्ने २ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चातर्फी दबाब र डाक्टरहरुले आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि एचडियु वार्डमा विरामीको उपचार गराइरहेको समयमा सांघातिक आक्रमण भएको थियो । एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै डाक्टरमाथि आक्रामक भएको हो। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न प्रधानको श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।