२०८१ बैशाख १५, शनिबार    

एमाले पहिलो पार्टी हो : गुरुङ

२०७९ चैत्र २२, बुधबार १६:२६ बजे

नेकपा एमाले पोलिटव्युरो सदस्य पार्वत गुरुङले नेपालको राजनीतिमा नेकपा एमाले पहिलो पार्टी भएको बताएका छन् ।

हेटौंडा–४ नम्बर वडा कमिटीद्वारा आयोजित कार्यक्रममा नेता गुरुङले संगठन संरचना, विस्तार, गतिविधि, राष्ट्रिय राजनीतिमा लिएको अडान र संघीय निर्वाचन प्राप्त जनमतले नेकपा एमाले पहिलो पार्टी भएको उनको दावी रहेको थियो ।

व्यवस्था परिवर्तनको कार्यभार पूरा भईसकेकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरणको लागि सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरण आवश्यक रहेको र अभियानको नेतृत्व नेकपा एमालेले गरिरहेको उनले बताए । राजनीतिमा जनताको गुम्दै गएको विश्वासलाई जगाउन नेकपा एमालेका हरेक कार्यकर्ताहरू क्रियाशील हुनपर्नेमा जोड दिए ।

नेकपा एमाले हेटौंडा–४ नम्बर वडा कमिटीद्वारा आयोजित भेलाको अध्यक्षता अध्यक्ष राजेन्द्रमार बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नवीन सिग्देलले फ्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य सुनिल मोत्तान, जिल्ला सदस्यहरू भवानी शर्मा, जग्गनाथ पाण्डे, शालिकराम ढकाल, उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, उपसचिवहरू जनरल श्रेष्ठ, उर्मिला श्रेष्ठलगायतको उपस्थिति रहेको वडा सचिव प्रकाश सुवेदीले जानकारी दिए ।