२०८१ बैशाख १३, बिहीबार    

विमान दुर्घटना : १२ शवको पहिचान, चार जनाको खोजी जारी

२०७९ माघ १, आईतबार १८:२५ बजे

पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार ४ जनाको खोजी कार्य जारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

उद्धारमा खटिएका अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकरीले चार जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर सेती नदीमा परिचालन गरेका छन् ।

दुर्घटनामा परेका ६८ जनाको शव संकलन गरिसकिएको छ । यति एयरलाइन्सले पनि ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । दुर्घटनामा परेका अन्य चार जनाको खोजी भइरहेको छ ।

खोज तथा उद्धार समन्वयन केन्द्रले शव प्राप्त भएकामध्ये १२ जनाको सनाखत गरिएको जानकारी दिएको छ । बाँकीको पनि सनाखत प्रक्रिया जारी रहेको बताइएको छ ।