२०८१ बैशाख ८, शनिबार    

सवारी कारबाहीबाट दुई करोड राजश्व संकलन

२०७९ श्रावण १४, शनिबार १४:२२ बजे

गतआर्थिक वर्षमा मकवानपुर जिल्लामा सवारी साधन कारबाहीबाट दुई करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। प्रहरीले गत आर्थिक वर्षमा ३० हजार ३ सय २७ वटा सवारी साधनलाई कारबाही गरेको थियो ।

कारबाहीमा परेका सवारी साधनबाट जरिवानावापत साउनमा १७ लाख ५८ हजार, भदौमा १७ लाख ५८ हजार, असोजमा २४ लाख ३१ हजार, कार्तिकमा ३३ लाख ८२ हजार र मंसिरमा १७ लाख ७१ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। यसैगरी, पुसमा १८ लाख ५१ हजार ५ सय, माघमा १९ लाख ४१ हजार ५ सय, फागुनमा १६ लाख ८० हजार, चैतमा १५ लाख १८ हजार ५ सय, बैशाखमा १४ लाख ६१ हजार ५ सय, जेठमा १७ लाख ६० हजार ५ सय र असारमा २६ लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

कारबाहीमा पर्नेमा सबैभन्दा बढी ट्रक छन्। नौ हजार २ सय ४७ ट्रकलाई कारबाही गरेर ७२ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। चार हजार ३ सय १८ बसलाई कारबाही गरी ३२ लाख ९७ हजार, पाँच हजार ८ सय ६७ कार÷जीपलाई कारबाही गरी ४५ लाख २३ हजार ५ सय, एक हजार ५ सय ४७ ट्याक्टरलाई कारबाही गरी १३ लाख ३५ हजार ५ सय र ६ हजार १८ वटा मोटरसाइकललाई कारबाही गरी ४४ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।