२०८१ बैशाख २८, शुक्रबार    

टिपरलाई दैनिक कारबाही गर्दै मकवानपुरे ट्राफिक

२०७८ माघ १४, शुक्रबार १८:५८ बजे

हेटौंडा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दैनिकरुपमा टिपरलाई कारबाही गर्न थालेको छ ।

विशेषगरी शिवम् र रिद्धिसिद्धी सिमेन्ट उद्योगको चुन ढुङ्गा बोक्न टिपरलाई लक्षित गरेर ट्राफिक प्रहरीले दैनिक अनुगमन गरिरहेको छ । टिपरले ओभरलोड बोकेको गुनासो आएसँगै प्रहरीले छड्के सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्लाको विभिन्न स्थानमा चेकिङ गरिरहेको छ ।

सोही क्रममा प्रहरीले बकैया–३, गढी–४, भीमफेदी–१ र ५, राक्सिराङ–५, थाहा–१, हेटौंडा–८ र ११, मनहरी–७ लगायत स्थानमा चेकजाँच गरेको थियो । सोही क्रममा ट्राफिक नियम उल्लङ्घन गरी ओभर लोड बाक्ने ८२ वटा टिपर, अटो,मोटर साइकललगायत सवारीसाधानलाई कारवाही गरिएको हो ।