२०८१ बैशाख २१, शुक्रबार    

लागूऔषधसहित हेटौंडा–१ बाट रामकृष्ण पक्राउ

२०७९ जेठ ९, सोमबार १४:४३ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुर लागूऔषध कोरेक्ससहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा मकवानपुरगढी–४ घर भएर हाल हेटौंडा–१, स्वर्गलोकस्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लोलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले लो बस्ने डेराको खाट मुनी लुकाएर राखेको ३३ बोतल अबैध लागूऔषध कोरेक्ससहित उनलाई नियन्त्रण्मा लिएको हो ।

प्रहरी उनीमाथि थप अनुसन्धान प्रक्रिया समेत अगाडि बढाएको छ ।