२०८१ बैशाख ६, बिहीबार    

गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मुर्ति

२०७९ बैशाख ४, आईतबार ०९:३६ बजे

हेटौंडा उपमहानगरपालिका–१८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति अनावरण गरिएको छ ।

बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले एक समारोहकावीच मूर्ति अनावरण गरेका हुन् । सम्पूर्णकुमार लामाको अध्यक्षतामा मूर्ति अनावरण भएको थियो । एक करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मूर्ति निर्माण गरी अनावरण गरिएको हो । समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रियतामा हेटौंडा–१८, गुम्बाडाँडामा बौद्ध मूर्ति निर्माण गरीएको हो । धार्मिक महत्वको मूर्ति अनावरणहुँदा वडानम्बर १८

गुम्बाडाँडामा धार्मिक पर्यटन बढ्ने विश्वास लिइएको छ । कार्यक्रममा मकवानपुरका समाजसेवी एवम् मुर्ति निर्माण व्यवस्थापन समितिका उपाध्यक्ष ज्योतित्न बज्राचार्यले स्वागत गरेका थिए ।