२०८१ बैशाख १७, सोमबार    

सहकारीको स्थापना दिवसमा व्याग वितरण

२०८० माघ ५, शुक्रबार १७:१८ बजे

सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा विद्यार्थीलाई व्याग वितरण गरेको छ । हेटौंडा–१० मा अवस्थित अग्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा बालबालिकालाई विद्यालय व्याग वितरण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा–१, घ्याङ्सीङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीलाई स्कुल व्याग सहयोग गरिएको संस्थाका अध्यक्ष विकेशलाल श्रेष्ठले बताए ।

विद्यार्थीलाई व्यागको आवश्यकता महसुस भएपश्चात विद्यालय समितिको समन्वयमा सहकारीले ५६ जना विद्यार्थीलाई व्याग प्रदान गरिएको हो । कार्यक्रममा विद्यालयका अध्यक्ष लवाङ सिन्तान, संस्थाका पदाधिकारी र समितिका सदस्य तथा कर्मचारी, शिक्षकशिक्षिकाहरु सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष श्रेष्ठले विद्यालयका अध्यक्ष सिन्तानलाई व्याग हस्तान्तरण गर्दै विद्यालयमा उपस्थित बालबालिकालाई व्याग प्रदान गरिएको थियो ।