हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा बुधबारदेखि पुस ११ गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागेकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।
यसैगरी सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
उक्त सडक बन्द हुदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडक र कुलेखानी फाखेल सडकमा सवारी साधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।