२०८१ बैशाख २४, सोमबार    

हेटौंडामा आचारसंहिता विपरित एमालेले सडकमा चिन्ह बनायो

२०७९ बैशाख १३, मंगलबार १३:५२ बजे

हेटौंडामा नेकपा एमालेले निर्वाचन आचारसंहिता विपरित सडकमा सूर्य चिन्ह बनाएको छ ।

हेटौंडाको कर्रामा सार्वजनिक सडकमा पेन्ट गरेर सूर्य चिन्ह बनाईएको हो । निर्वाचन आचारसंहितामा निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्न बाहेक कुनै पनि पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले छाप्न वा प्रयोग गर्न वा गराउनु नहुने उल्लेख छ ।

एमाले आचारसंहिता विपरित काम गरेको भन्दै अन्य राजनैतिक दलले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।