२०८१ बैशाख ७, शुक्रबार    

भाडाका सवारीसाधन नारायणी यातायातमा दर्ता हुने

२०७९ असार १९, आईतबार १७:५७ बजे

ढुवानी कार्यमा प्रयोग भइरहेको भाडाका ५० वटा सवारीसाधन पुरानो नारायणी यातायात व्यवसायी कम्पनी प्रालिमा दर्ता गरिने भएको छ ।

मकवानपुर उद्योग बाणिज्य संघ वस्तुगततर्फ उपाध्यक्ष राजु अधिकारीको पहलमा संस्थामा आबद्ध भएका व्यवसायीक फर्मले प्रयोग गरिरहेका भाडाका सवारी प्रालिमा दर्ता हुने भएको हो । प्रालिमा आबद्धता भएपश्चात् दुर्घटना, इन्स्योरेन्स र कागजपत्र सम्बन्धि समस्याको समाधानका लागि नारायणी यातायातले पहल गर्नेछ ।

‘नारायणी यातायातसँगको सहकार्य साउन १ गतेबाट सुरु हुनेछ । हामीले वस्तुगततर्फ आबद्ध संघका प्रतिनिधिसँग यस विषयमा छलफल गरिसकेका छौं । आवश्यक प्रक्रिया पूरा गर्नेछौं ।’, उद्योग बाणिज्य संघ उपाध्यक्ष अधिकारीले व्यवसायीलाई निर्धक्क भएर थप ऊर्जाका साथ काम गर्ने वातावरण बनाउन आफूहरुले संस्थागतरुपमा पहल गरेको बताए ।

नारायणी यातायातका अध्यक्ष हिरालाल श्रेष्ठ र महासचिव सरोजराज खनालले संस्थागत सहमति गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताएका थिए ।