२०८१ बैशाख १३, बिहीबार    

एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

२०७९ श्रावण २६, बिहीबार १४:०३ बजे

मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको हो ।

 

मनहरी गाउँपालिका- ९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

संखुवासभाबाट मनहरीस्थित छोरीको घर आएकी ५२ वर्षीया नमुना शेर्पालाई एम्बुलेन्सले ठक्कर दिएको प्रवक्ता कार्कीले जानकारी दिए ।