२०८१ बैशाख १२, बुधबार    

श्यामप्रसाद शर्माको अर्ध कदको सालिक अनावरण

२०७९ भाद्र १८, शनिबार १४:३६ बजे

साहित्यकार, पत्रकार तथा बामपन्थी नेता स्वर्गीय श्यामप्रसाद शर्माको अर्ध कदको सालिक अनावरण गरिएको छ । हेटौंडा–१८, हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा उनको सालिक वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गरेका हुन् ।

सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली माटो सुहाउँदो माक्सवादी बिचार प्रवाह गर्दै साहित्य, राजनीतिक र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएको बताए । समाज परिवर्तनको लागि बिचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियान्ताहरुको सधैं सम्मान गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष सूर्यचन्द्र न्यौपानेलगायतले आफ्नो धारण राखेका थिए । प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।१९८६ असार ६ गते मकवानपुरको तत्कालिन मन्थली गाविसमा जन्मेका शर्माको एक दर्जन बढी साहित्यकि कृति प्रकाशित छन् ।