मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् ।
१०१४ मत पाएर उनी विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी अनिल अग्रवालले ७६५ मत प्राप्त गरेका थिए । रानाभाट यसअघि संघको उपाध्यक्ष थिए ।
आइतबार बिहान घोषणा गरेको परिणामअनुसार महासचिव प्रतिमा श्रेष्ठ,उपाध्यक्षहरुमा राजु अधिकारी,उज्ज्वल चौलागाईं, दीपक उप्रेती र काव्यमणि अधिकारी विजयी भएका छन् । कोषाध्यक्षमा तेजराज अधिकारी,सहकोषाध्यक्षमा निलम वैद्य र सचिवमा कुलप्रसाद चौलागाई र अर्का सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडाले बराबर मत ल्याएका छन् ।
१६ जना कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन् । तीनवर्षे कार्यकाल रहेको संघमा पदाधिकारीसहित २८ जनाको कार्यसमिति रहने छ । २ हजार ४६ जना मतदाता रहेकामा १ हजार ८ सय १६ जनाले मतदान गरेका थिए । संघको ५८औं साधारण बुधबारदेखि हेटौंडामा सुरु भएको थियो । मतदान कार्य शनिबार भएको थियो ।