२०८२ बैशाख ११, बिहीबार    

खेतको आलीबाट लडेर एकको मृत्यु

२०८१ श्रावण ४, शुक्रबार १५:४३ बजे

हेटौंडा–१८ स्थित हर्नाफाटमा खेतको आलीबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७१ वर्षीय प्रेमबहादुर तुम्सिङको रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार तुम्सिङ शुक्रबार बिहान ११ बजेको समयमा आफ्नो घरदेखि ५ सय मिटर पूर्वतर्फ छिमेकीको खेतको आलीबाट लडेर मृत्यु भएको हो । उनलाई स्थानीयले मृत अवस्थामा फेला पारेका थिए ।

तृम्सिङ मृत अवस्था छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपति नगरबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा प्रहरी टोली खटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।