२०८१ बैशाख १६, आईतबार    

असार ३० गते हेटौंडामा कोरा साइक्लिंग च्यालेञ्ज

२०८० असार २८, बिहीबार १७:१२ बजे

हेटौंडा राइडर्स क्लबको आयोजनामा यसवर्ष पनि कोरा साइक्लिंग च्यालेञ्ज ¥याली हुने भएको छ ।

असार ३० गते शनिबार हेटौंडा–४ स्थित हुप्रचौरबाट सुरु हुने कोरा साइक्लिंग च्यालेञ्ज ¥याली नगरको विभिन्न स्थानको परिक्रमा गर्दै हेटौंडाको बुद्धचोकमा आएर टुंगिने आयोजकले विहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

आयोजक क्लब अध्यक्ष विकास ताम्राकार अनुसार ५० किलोमिटरको यस यात्राको क्रममा विभिन्न टोलमा स्वागत कार्यक्रम समेत हुनेछ । ३ लाख ७० हजार रुपैयाँ खर्च अनुमान गरिएको साइकल ¥यालीमा करिब दुईसय जनाभन्दा बढी सहभागी हुने अनुमान छ ।

‘हेटौंडा उपमहानगरको विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पहिचानमा यस यात्राले सहयोग गर्नेछ । हामीले विगत ६ वर्षदेखि यस कार्य गर्दै आइरहेका छौं ।’, अध्यक्ष ताम्राकारले यस कार्यका लागि जाइन्ट साइसकल मुख्य प्रायोजक, सहप्रायोजक निको अस्पताल रहेका छन् । हेटौंडा–२, ४, १३ र १३ नम्बर वडा, जिल्ला साइकल संघ तथा व्यवसायीले समेत साइकल ¥यालीका लागि सहयोग गरेका छन् ।

नेपालभर प्रत्येक वर्ष जुलाइ १५ का दिन कोरा साइकल ¥याली आयोजना गर्ने गरिएको छ ।