२०८१ बैशाख २३, आईतबार    

संरचना नहुँदा भाडाका घरमा मन्त्रालय र मन्त्री

२०७८ चैत्र ८, मंगलबार १४:४९ बजे

वाग्मती प्रदेश सरकारले आफ्नो संरचना निर्माण नगर्दा र संघीय सरकारको संरचना नपूग हुादा मन्त्रालय र मन्त्री भाडाका घरमा छन् । ८ वटा मन्त्रालय फुटाएर १४ पुर्‍याउनु अघि तत्कालीन स्थितिमा सरकारी भवनमै मन्त्रालयहरु र मन्त्री आवासका लागि भवन पर्याप्त थियो ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले १५ मंसिरमा मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएपछि मन्त्रालयको प्रशासनिक भवन र मन्त्रीका लागि आवाशिय भवनको अभावका कारण भाडाका घरमा रहन बाध्यकारी अवस्था सिर्जना भएको हो । तत्कालीन जिल्ला वन अधिकृतको सरकारी आवासमा मुख्यमन्त्री पाण्डे बसिरहेका छन् । पाण्डेअघि डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य पनि वन अधिकृतकै आवासमा बसेका थिए ।

हेटौंडा सिमेन्ट उद्योगको आवाशिय भवनमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भंडेल र स्वास्थ्य मन्त्री निमा लामा बसेका छन् ।

वन तथा वातावरण मन्त्री विशाल खड्का, श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, खानेपानी, उर्जा तथा सिचाईं मन्त्री बसन्त मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईं, युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, कृष्ण तथा पशुपंक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको आवास भाडाका घरमा राखिएको
छ ।

आवास भाडाका लागि मन्त्री र राज्यमन्त्रीहरुलाई मासिक २७ हजार रुपैयाा दिइने व्यवस्था मिलाइने मुख्यमन्त्री तथा मन्पिरिषद्को कार्यालयले जनाएको छ । संरचना नबन्दा मासिक एक लाख भन्दा बढी भाडा खर्चिएर युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय भाडाका घरमा छन् ।