२०८१ श्रावण ९, बुधबार    

राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन भेटवालको आग्रह

२०८१ असार १०, सोमबार १९:२७ बजे

सामाजिक सुरक्षा भत्ताका लागि ज्येष्ठ नागरिकलाई अनिवार्य राष्ट्रिय परिचय पत्रको विषयमा नेपाल तरुण दलका केन्द्रीय सदस्य एंव मकवानपुरका युवा नेता राजेश भेटवालले जिल्ला प्रशासन मार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

श्रावण महिना देखी परिचयपत्र अनिवार्य चाहिने व्यवस्थाले गर्दा मकवानपुरको ग्रामीण भेगका ज्येष्ठ नागरिकहरुले सास्ती भोग्नु परिरहेको भन्ने तत्काललाई परिचय पत्र नबनुञ्जेल पहिल्यैकै परिपाटीमा सामाजिक सुरक्षा भत्ता विवरणमा सहजता बनाइदिन प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालयलाई ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य भेटवालले बताए । 

दिनभर लाइन बस्नुपर्ने, त्यसमा पनि पालो नआउँदा निकैनै कठिनाई छ, भेटवालले भने । गाउँघरमा युवापुस्ता छैनन्, सबै वैदेशिक रोजगारीमा छन् गाउँमा भएका ज्येष्ठ नागरिकलाई पनि परिचयपत्रले गर्दा थप सास्ती भोग्नुपरेको छ,उनले भने । 

पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले राष्ट्रिय परिचयपत्रका लागि स्थानीय तहसँगको सहकार्यमा वडावडामा फारम भर्ने सेवा सुचारु गरिने बताए । ज्येष्ठ नागरिकहरुमा अशक्त अपाङ्गता र ९० वर्ष उमेर माथीको हकमा तत्काल परिचय पत्र बनाउनुनपर्ने समेत जानकारी दिए ।