२०८२ जेठ ३, शुक्रबार    

त्रिभुवन राजपथको नौबिसेखण्ड आज र भोली राति १० बजेदेखि ५ घण्टा बन्द

२०८१ असार १९, बुधबार १९:०५ बजे

काठमाडाैं छिर्ने मुख्य मार्ग धादिङ नाैबिसे खण्डकाे त्रिभुुवन राजपथ आज र भाेलि राति १० बजेदिख बिहान तीन बजेसम्म बन्द हुने भएकाे छ ।

धादिङ धुनिबेसी नगरपालिका-७ नाैबिसे खाेला पुलकाे कामका लागि सडक बन्द हुन लागेकाे हाे । हाल नागढुंगादेखि मुग्लिनसम्म सडक बिस्तारकाे काम भइरहेकाे छ । साेही काम अन्तर्गत नाैबिसे पुलमा काम गर्न आज र भाेलि दुई दिन राति ५ घण्टा बाटाे बन्द हुन लागेकाे नागढुंगा मुग्लिन सडक आयमेजना पुर्वी खण्डका सुचना अधिकारी रहेका इन्जिनियर तुलाकान्त चाैधरीले जानकारी दिए ।

माेटरसाइकल तथा साना गाडीका लागि बैकल्पिक मार्ग धादिङ धार्के सीतापाइला सडकबाट काठमाडाैं जान सक्ने व्यवस्था मिलाएकाे आयाेजनाले जनाएकाे छ । साे खणडमा पाँचवटा पुल निर्माण हुँदैछन् ।