२०८१ बैशाख २२, शनिबार    

भ्रष्टाचारको आरोपमा असफल बनाउने खेल भयो : मेयर लामा

२०७९ भाद्र १९, आईतबार १८:३७ बजे

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले भ्रष्टाचारको आरोपमा जनप्रतिनिधिलाई असफल बनाउने खेल भएको आरोप लगाएकी छन् । लामाले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा बेनामे र फर्जी उजुरी हालेर जथाभावी भ्रष्टाचार भएको भन्ने आरोप हेटौंडा उपमहानगरमाथि लगाइएकोभन्दै चिन्ता व्यक्त गरिन् ।

उपमहानगरपालिकाले आइतबार हेटौंडामा एकसय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन उनले भ्रष्टाचार भएको प्रमाणित भए आफू हदैसम्मको कारबाही भोग्न तयार रहेको बताइन् । ‘हामी निर्वाचित भएर आएपछि ५० वटाभन्दा बढी उजुरी परिसकेको छ । भ्रष्टाचार भएको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार छौं ।’, उनले निर्णय नभएको विषयलाई बंग्याएर मिडियाबाजी र सामाजिक सञ्जालमा रमाउने र जनप्रतिनिधिलाई असफल बनाउने खेल भइरहेको बताइन् ।

सय दिनको अवधिमा उपमहानगरपालिकाले यसअवधिमा प्रत्येक घरधुरीलाई दश हजार लिटर खानेपानी नि: शुल्क वितरण सुरु गरेको जनाएको छ । उपमहानगरपालिभित्र बसोबास गर्ने अतिविन्न १५४१ परिवारलाई स्वास्थ्य वीमा गरिएको मेयर मीना लामाले जानकारी दिइन् । उनका अनुसार तीनपांग्रे सवारी र पार्किङ व्यबस्थापन गर्ने सन्दर्भमा स्टिकर टाास गर्ने कार्य सुरु भएको । हालसम्म मयुरी ३०३ र अटो ११२२ गरी जम्मा १४२५ तीन पांग्रे सवारीमा स्टिकर टाास गरिएको छ ।

रेडक्रससंग सम्झौता गरी चालु आर्थिक बर्षमा समेत नगरबासीहरुलाई नि:शुल्क रक्तसेवा शुरु गरिएको र हटिया र पदमपोखरी स्वास्थ्य चौकीकोस्तर बृद्धि गरी आधारभूत अस्पतालको रुपमा सञ्चालन गरी हाललाई ओपिडि, प्रयोगशाला र स्वास्थ्य वीमाको औषधी वितरण गर्ने प्रयोजनको लागि चिकित्सक भर्ना प्रक्रिया र वीमा सेवा अनुमती प्रकृया अगाडि बढाइएको जनाइएको छ ।