२०८१ बैशाख १४, शुक्रबार    

भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु

२०७९ असार १९, आईतबार १६:०७ बजे

काठमाडौँको बल्खुमा आज भ्यानले आमा छोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् । मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमा छोरालाई एकैसाथ ठक्कर दिएको हो । सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।