२०८१ बैशाख ८, शनिबार    

फराकिलो जीततर्फ अगाडि बढ्दै बानियाँ

२०७९ मंसिर ५, सोमबार १९:५६ बजे

वाग्मती प्रदेशको आगामी मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले फराकिलो मतान्तरमा विजयी हुने संकेत देखिएको छ ।

हाल राक्सिराङ गाउँपालिकाको मतगणना जारी रहेको अवस्थामा बानियाँले आफ्नो अग्रतालाई एक हजारभन्दा बढी मतले बढाएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार रहेका बानियाँले प्रारम्भिक गणनाबाटै अग्रता कायम गरेका हुन् ।

४८६६ मतगणनाहुँदा बानियाँले २४३१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर थापाले १४१० मत प्राप्त गरेका छन् । बानियाँ १ हजार २१ मतले अगाडि रहेका छन् ।

अघिल्लो पटक पनि बानियाँ बाम गठबन्धनलाई तोड्दै यसैक्षेत्रबाट विजयी भएका छन् ।