२०८१ भाद्र ३०, आईतबार    

महेन्द्र माबिका बिद्यार्थीलाई स्वागत तथा बिदाई

२०८१ श्रावण २३, बुधबार १८:४० बजे

हेटौंडा १३ पदमपोखरीमा रहेको महेन्द्र माध्यमिक बिद्यालयबाट एसइइ तथा एसएलसी परिक्षामा उर्तिण भएका बिद्यार्थिलाई सम्मान गरिएको छ ।

बिद्यालयमा अध्यापन गरी एसइइ परिक्षा तथा एसएलसी (+२) कक्षा उर्तिण गर्ने बिद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सम्मानीत गरेकी हुन् ।

बिद्यालयबाट परिक्षामा उर्तिण भएका ३८ बिद्यार्थीलाई बुधबार आयोजित कार्यक्रममा सम्मान गरीएको हो । परिक्षामा उत्कृष्ट अंक ल्याउँले बिद्यार्थिलाई नगद सहित सम्मानीत गरिएको थियो । बिद्यार्थिलाई सम्मान गर्दै नगर प्रमुख लामाले शिक्षालाई व्यवहारीक बनाउन जरुरी रहेको बताइन् ।

उनले शैक्षिक प्रमाणपत्रमा मात्र सिमित रहेको शिक्षालाई प्रबिधि मैत्री बनाउँदै अघि बढाउन जरुरी रहेको उनले बताइन् । शैक्षिक सुधारका लागि उपमहानगरले काम गरीरहेको बताउँदै शिक्षा सँगै रोजगारीको व्यवस्थापन मिलाउने अवस्था बनाउँन जरुरी रहेको बताइन् । न्युनतम शिक्षा पुरा भएपछि थप शिक्षाका लागि आफैले रोजगारीको अवस्था बनाउँने वाताबरण तयार गर्नुपर्ने बताइन् । कार्यक्रममा बिद्यालयका लागि २ लाख ५ हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्ने चन्द्रबहादुर वाइवालाई दोसल्ला ओडाएर सम्मानीत गरिएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, वडा सदस्य उत्तम गोम्जा, टोलबिकास सस्था वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, पदमपोखरी क्याम्पसका प्रमुख निबन्ध लामा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोबिन थिङ, महेन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिष्णु श्रेष्ठ लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

महेन्द्र माबिबाट बिदाइ भएका बिद्यार्थिलाई पदमपोखरी क्याम्पसले स्वागत गरेको थियो ।