२०८२ बैशाख ११, बिहीबार    

चुरियामाईमा पल्टिएको कन्टेनर हटाइयो, पूर्वपश्चमि राजमार्ग पूर्णरुपमा सञ्चालन

२०८१ मंसिर १३, बिहीबार १३:२८ बजे

मकवानपुरको हेटौंडा–१५ स्थित चुरियामाइमा पछिल्टएको लहरी पन्छाएसँगै पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा सञ्चालनमा आएको छ ।

बिहीबार विहान पूर्वपश्चिम राजमार्गमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको प्र २–०३–००१ ख ६७३८ नम्बरको मोबिल बोकेको कन्टेनर लोड लहरी अनियन्त्रित भई सडकमा पल्टेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार क्रेनको सहयोगबाट कन्टेनर उठाइएको हो । अहिले उक्त बाटो भएर सवारी आउजाउ सहजै गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

गाडी चालक मकवानपुरको मनहरी–६ का ३० वर्षीय महेश मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते मोक्तानलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।