२०८१ कार्तिक २०, मंगलबार    

मकवानपुरमा बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो

२०८१ कार्तिक १३, मंगलबार १६:१५ बजे

तिहारमा देउसी, भैलो र मनोरन्जन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेलुका ९ बजेसम्म मात्रै समयसीमा तोकेको छ ।

जिल्ला सुरक्षा समिति मकवानपुरको मंगलबार बसेको बैठकले देउसी भैलो खेल्दा होस् वा अन्य मनोरन्जनका कार्यक्रम गर्दा बेलुका ९ बजेसम्म मात्र गर्न पाइने निर्णय गरेको छ ।

राति अबेरसम्म देउसी भैलो खेल्दा होस् वा मनोरन्जनात्मक कार्यक्रम गर्दा छरछिमेकलाई असर पर्ने र सार्वजनिक जीवनमा असर पर्ने भएकाले बेलुका ९ बजेसम्म मात्र उक्त कार्य गर्न/गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेर सचेत गराएको हो ।

प्रजिअ तीर्थराज चिलुवालले हस्ताक्षर गरेको उक्त सूचनामा नेपाल सरकारले प्लास्टिकजन्य फुलका गुच्छा उत्पादन, आयात, बिक्री वितरण गर्न रोक लगाएकाले उक्त कार्य नगर्न समेत उल्लेख गरेको छ । उक्त कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।