मौसमका खराबीका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हेटौंडा आउने कार्यक्रम रद्ध भएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघको अधिवेशनको उद्घाटन गर्न आज बुधबार पूर्वप्रधानमन्त्री देउवा हेटौंडा आउने कार्यक्रम तय भएको थियो । तर, मौसमको खराबीका कारण देउवा हेटौंडा नआएका हुन् । हेलिकोप्टरमार्फत् उनी हेटौंडा आउने कार्यक्रम तय भएको थियो । मौसमका कारण हेलिकोप्टर नउडेपछि उनी हेटौंडा नआएका हुन् ।
सभापति देउवा हेटौंडा नआएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यतामा संघको अधिवेशन सुरु भएको छ ।