२०८३ भाद्र १, सोमबार    

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

२०८१ श्रावण ३०, बुधबार २०:०४ बजे

बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 

मकवानपुरको कैलाश गाउँपालिका-५ कालीखोलास्थित काफलडाँडाकी २० वर्षिया लक्ष्मी पाख्रिनको हत्या गरेको आरोपमा २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो ।मंगलबहादुरले आइतबार दिउँसो पत्नीलाई बन्चरो प्रहार गरी हत्या गरेपश्चात कालीखोला सामुदायिक वनको जंगलमा गाडेका थिए ।

उनले श्रीमतीका कपडाहरु पनि गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हत्या गर्न प्रयोग गरिएको बन्चरोको बीड फुकालेर जंगलमै खाल्टो खनेर पुरेका थिए । छिमेकीले पत्नी घरमा नदेखेपछि मगलबहादुरसँग सोधपुछ गर्ने क्रममा उनले हत्या गरेर गाडेको बताएका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरीले सोमबार बेलुका मंगलबहादुरलाई नियन्त्रणमा लिएको थियो । सोधपुछ गर्दा उनले प्रहरीसमक्ष श्रीमतीको हत्या गरेर जंगलमा लगी गाडेको स्वीकार गरेका छन् ।

उनीविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।