२०८१ चैत्र ७, बिहीबार    

अवैध लागूऔषधसहित एक जनालाई पक्राउ

२०८१ माघ १६, बुधबार १८:०८ बजे

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट प्रहरीले अवैध लागूऔषधसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित पर्सा घर भएका ३० वर्षीय बिनोद सहनीलाई पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ज ०८९० नम्बरको गाडीमा सवार उनको साथबाट सो परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।