२०८१ बैशाख ८, शनिबार    

लागुऔषध गाँजासहित एकजनालाई पक्राउ

२०७९ असार २०, सोमबार १३:४९ बजे

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गस्ती गर्दै जाने क्रममा राक्सीराङ गाउँपालिका वडा नम्बर ५ कुत्तासिङ स्थित सडकमा लागुऔषध गाँजासहित मोहन प्रसाद चौहानलाई नियन्त्रणमा लिएको हो ।

आईतबार बिहान ८ बजेको समयमा प्रहरीले पर्साको मैनपुर–३ बस्ने ४८ वर्षीय चौहानको साथबाट ३ किलो ५ सयग्राम गाँजा बरामद गरेको छ । चौहानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।