२०८२ बैशाख ११, बिहीबार    

संघ सरकारले खटायो वाग्मती प्रदेशमा तीन सचिव

२०८१ पौष ११, बिहीबार १८:५८ बजे

संघीय सरकारले वाग्मती प्रदेशका लागि तीन सचिव पठाएको छ । लामो समयदेखि ७ सचिव पद रिक्त रहेकामा प्रदेश सरकारलाई संघबाट एकैपटक तीन जना सचिव पठाइएको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार संघबाट डा. सुमित्रा गौतम, रिपेशकुमार शाक्य र वीरेन्द्रदेव भारती सचिवका रूपमा वाग्मती प्रदेशमा खटाइएको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. गौतमलाई स्वास्थ्य मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी तोकेको छ । स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले गत असोजमा अनिवार्य अवकाश पाएदेखि नै यो मन्त्रालयमा सचिव पद रिक्त थियो । सरकारका प्रवक्ता लामिछानेका अनुसार बाँकीको जिम्मेवारी केही दिनमा तोकिनेछ ।