२०८१ बैशाख २१, शुक्रबार    

संगीतकार दीपक जङ्गमलाई हेटौंडामा एक लाखको पुरस्कार

२०७८ फाल्गुन १५, आईतबार १२:१४ बजे

हेटौंडा/ भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले यसवर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार बरिष्ठ संगीतकार प्राध्यापक दीपक जङ्गमलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले १ लाख रुपैयाँ नगदसहितको उक्त पुरस्कार फागुन २८ गते शनिबार हेटौंडामा भव्य समारोहकावीच उनलाई समर्पण गरिने आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । यस पुरस्कार मकवानपुरमा प्रदान गरिने सर्वाधिक नगद राशीको हो ।

हेटौंडाका समाजसेवी कन्हैया कृष्ण श्रेष्ठले २०६४ सालमा सम्मान स्थापना गरेका थिए । श्रेष्ठले आफ्नो आमाको नाममा यस सम्मान स्थापना गरेका हुन् । संस्थाका अध्यक्ष ह्याग्रीव आचार्यका अनुसार यस सम्मान यसअघि संगीत क्षेत्रमा योगदान पुर्‍याएका १२ जना अग्रज संगीतकार तथा बरिष्ठ गायकलाई समर्पण गरिसकिएको छ ।

प्रतिष्ठानले साहित्य, संगीत, सांस्कृति तथा कला क्षेत्रमा स्थापना कालदेखि वार्षिक १० वटा पुरस्कार एवम् सम्मान प्रदान गर्दै आइरहेको छ ।