मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेबाट ६ किलो अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ४ विर्ता बस्ने २७ वर्षका दीपक थापा रहेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी ९ ज्यामिरेको सडकमा शंकाष्पद अवस्थामा हिँडिरहेका थापाको साथबाट ६ किलो गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय मनहरीको टोलीले थापालाई खानतलासी गर्ने क्रममा उनले बोकेको झोलामा गाँजा फेला पारेको हो ।
गाँजासहित पक्राउ परेका दीपक थापालाई जिल्ला अदालत मकवानपुरबाट एकहप्ताको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।