मकवानपुरको मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।अर्को एक घाइते भएका छन् । प्रहरीका अनुसार मनहरी गाउँपालिका-८ दारीमवासका ३८ वर्षीय मंगलसिंह चेपाङको करेण्ट लागेर मृत्यु भएको हो ।
११ हजार भोल्टेजको हाइटेन्सन तार चुँडिएर भुँइमा लत्रिएको नाङ्गो तारमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घरबाट मनहरी बजारतर्फ आउने क्रममा बाटोमा लत्रिएको तारले उनलाई करेन्ट लागेको थियो ।