२०८१ बैशाख २२, शनिबार    

हेटौंडा क्याम्पसका दुई कर्मचारी निलम्बित

२०७९ श्रावण ४, बुधबार १८:२६ बजे

दुई परीक्षार्थीमाथि दु्र्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि हेटौंडा क्याम्पसले दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको छ । 

हेटौंडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । क्याम्पसमा जारी स्नातक तह दोस्रो वर्षका छात्रा परीक्षार्थीमाथि ‘चिट’ लुकाएको आशंकामा क्याम्पसका कर्मचारीले भित्रिवस्त्र खोल्न लगाएको भन्दै बुधबार बिहान विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेका थिए ।

पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याडमा समेत चिट हुन्छ भन्दै खोल्न लगाएर अभद्र व्यवहार गरेको आरोप लगाएका थिए । सर्वपक्षीय बैठकले ४ बुँदे सहमतिमा अब हुने परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने तथा परीक्षा दिन आएकाहरुलाई विभिन्न समयमा अभद्र व्यवहार भएको भन्ने गुनासो आएको थियो ।

घटनाबारे ३ दिनभित्र प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको सिफारिस गर्न छानबिन समिति निर्माण गर्ने सहमति भएको क्याम्पस प्रशासनले जनाएको थियो ।