२०८१ बैशाख ७, शुक्रबार    

मकवानपुर गोल्डकप : उपाधि जित्नेमा दुवै टोली ढुक्क

२०७९ जेठ २९, आईतबार १८:३२ बजे

हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्नेमा दुवै टोली ढुक्क देखिएका छन् ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा सोमबार दिउँसो ३:३० बजे फाइनल खेलहुँदैछ । सोही सन्दर्भमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा फाइनलमा भिड्न लागेका टोली नेपाल आर्मी र विजय युथ क्लबका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दावी गरेका छन् ।

आर्मी प्रशिक्षक नवीन न्यौपानेले आफूहरु जित्नेमा ढुक्का रहेको बताए । आर्मीका कप्तान भरत खवासले आफ्नो टोलीको सवै खेलाडी फिट रहेका कारण उपाधि जित्ने दावी गरे ।

विजय युथका प्रशिक्षक विजयलाल श्रेष्ठले फाइनलको रणनीति तयार पारिसकेको बताए । विजय युथका कप्तान अशोक बरालले आफ्ना केही खेलाडी अनफिट देखिएपनि उपाधि जित्नेमा ढुक्क रहेको बताए । विजय युथ हेटौंडेली टोली हो ।

यस प्रतियोगितामा हालसम्म थ्रीस्टार, मकवानपुर–११ र आर्मीले जितेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले दशलाख रुपैयाँमा चित्त बुझाउनुपर्ने हुन्छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले ६ लाख रुपैयाँको बुलेट बाइक प्रदान गर्नेछ ।

प्रतियोगिताको विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।