२०८० चैत्र १५, बिहीबार    

निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान

२०७९ मंसिर १२, सोमबार १५:३० बजे

मकवानपुरबाट निर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सदस्यलाई सोमबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले नवनिर्वाचित सांसदहरुलाई प्रमाणपत्र बितरण गरेको हो । मुख्य निर्वाचान अधिकृत ऋषिराम निरौला र सहायक निर्वाचन अधिकृत मुकुन्दाहरी पौडेलले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतिनिधिसभातर्फ मकवानपुर–१ बाट राप्रपाका दिपकबहादुर सिंह र मकवानपुर–२ बाट नेकपा एमालेका महेश कुमार बर्तौला निर्वाचित भएका थिए ।

प्रदेशसभातर्फ मकवानपुर–१ (१) बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु, मकवानपुर–१(२)बाट नेकपा एमालेका एकालाल श्रेष्ठ, मकवानपुर–२(१) बाट माओवादी केन्द्रकी कुमारी मोक्तान र मकवानपुर–२(२) बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका थिए ।