२०८१ बैशाख १६, आईतबार    

चैनपुर जेसीजको क्यालेन्डर विमोचन

२०८० बैशाख २, शनिबार ११:१५ बजे

चैनपुर जेसीज (प्रस्तावित) ले नयाँ बर्ष २०८० को क्यालेन्डर विमोचन गरेको छ ।

जेसीजले प्रकाशन गरेको क्यालेन्डर शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा बीच विमोचन गरिएको हो । जेसीजको सम्पर्क सचिवालयमा भएको कार्यक्रमका बीच मकवानपुरमा रहेका ६ वटा जेसीज शाखा अध्यक्षहरुले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन् ।

चैनपुर जेसीज अध्यक्ष गणेशदर्पण अधिकारी, हेटौंडा जेसीज अध्यक्ष श्रवणकुमार बर्तौला, बसामाडी जेसीज अध्यक्ष जनक भण्डारी, पालुङ जेसीज अध्यक्ष संगम कार्की, बकैया जेसीज अध्यक्ष अमोद बस्नेत र मकवानपुरगढी जेसीज (प्रस्तावित) का अध्यक्ष पुष्पराज पुडासैनीले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन् ।

चैनपुर जेसीजका उपाध्यक्ष मनोज बिष्टको कार्यक्रम संयोजकत्वमा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी गाउँपालिका सभापति गोविन्द सापकोटा लगायतको आतिथ्यता थियो ।

चैनपुर जेसीज अध्यक्ष अधिकारीले क्यालेन्डर प्रकाशनमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्माण गरिएको कार्ययोजना बमोजिम काम सहित नयाँ जेसीज स्थापनाको सार्थकता प्रमाणित गर्न लागिपरेको बताए ।

कार्यक्रममा हेटौंडा जेसीज अध्यक्ष बर्तौला, पालुङ अध्यक्ष कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । क्यालेन्डर विमोचनसहित नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।