२०८० चैत्र १६, शुक्रबार    

डेंगुबाट प्रदेशमा एकैदिन दुईजनाको मृत्यु

२०७९ भाद्र २६, आईतबार १९:३१ बजे

डेंगुबाट बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका -१ चौकीटोल निवासी १३ वर्षीय बालक र ललितपुर ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु दुवैको आज काठमाडौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मृतक दुवैजना डेंगुबाट संक्रमित भएको र अस्वस्थ भइ काठमाडौँस्थित अस्पतालमा उपचाररत थिए । 

बागमती प्रदेशमा हालसम्म डेंगुका संक्रमितको संख्या ८९१७ पुगेको र सबैभन्दा बढी संक्रमित ललितपुरमा रहेको उनले बताए । 

ललितपुरमा मात्रै ३ हजार ७९ जना संक्रमित रहेका छन् ।

 त्यस्तै, काठमाडौंमा १ हजार ७९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २०५ र धादिङ जिल्लामा १२१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

यी ५ वटा जिल्लाहरुमा संक्रमितको संख्या निकै बढेको  छ।  डेंगु नियन्त्रणभन्दा बाहिर जाने संभावना भएकाले आफूहरुले केन्द्रीय सरकारसँग स्वास्थ्य सुरक्षाका सामग्री माग गरेको निर्देशक श्रेष्ठले बताए ।