ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
सोही क्रममा ट्राफिक प्रहरीले विहीबार मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जाइसिङमा लिडार गनसहित यातायातको गतिका परीक्षण गरिएको छ । मकवानपुर ट्राफिक प्रहरी प्रमुख निरीक्षक केशव अधिकारीको कमाण्डमा खटिएको टोलीले लिडार गनमार्फत् त्यसक्षेत्रमा सञ्चालन हुने सवारी साधानको गति चेकजाँच गरेको थियो ।
प्रहरीले त्यसक्रममा तोकिएको गतिभन्दा धेरै स्पीडमा सवारी चलाउने २० जनालाई आवश्यक कारबाहीपश्चात् सम्झाएर र दुर्घटनाबाट हुने क्षतिबारे जानकारी दिएको थियो ।