२०८१ माघ २८, सोमबार    

स्कोरपियो र कार ठोक्किँदा आठजना घाइते, सवैको अवस्था गम्भीर

२०८१ पौष २७, शनिबार १४:०८ बजे

पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित डिपार्टमा दुईवटा सवारी एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो १ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत् बीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौंडातर्फ आउँदै गरेको बा.१६ च ८३२४ नम्बरको कार एकआपसमा ठोक्किँदा आठजना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घटना स्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा खटिएको टोली दुर्घटनाका घाइतेको उद्धार गरेका छन् । दुर्घटनामा दुवै सवारीका चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार घाइते सवैको अवस्था गम्भीर देखिएको छ ।