२०८१ बैशाख १५, शनिबार    

चैनपुर जेसीजद्वारा कम्बल वितरण

२०८० माघ १३, शनिबार १५:५८ बजे

चैनपुर जेसीज मनहरीले शनिबार कम्बल वितरण गरेको छ ।

मनहरी गाउँपालिका–५ स्थित शिखरबासमा पुगेर जेसीजले ५० घर परिवारलाई कम्बल वितरण गरेको हो । पोषक ब्रिडर फार्म प्रालि हेटौंडा–१७, हटिया र ओसीबी पैलेट हेटौंडाको सहयोगमा जेसीजले जाडोबाट प्रभावित परिवारलाई कम्बल वितरण गरेको हो ।

जेसीज अध्यक्ष रविन ढकालका अनुसार वडाको आग्रह अनुसार स्थानीयसँग समन्वय गरी कम्बल वितरण गरिएको हो । मनहरी–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कम्बल वितरण कार्यक्रममा मकवानपुरका युवा व्यवसायी तथा उद्योग बाणिज्य संघ मकवानपुरका उपाध्यक्ष राजु अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।

जेसीज कार्यकारिणी उफाध्यक्ष सुरेश गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यत्रममा जेसीज अध्यक्ष ढकालको सभाध्यक्षता रहेको थियो । कार्यक्रम संयोजक प्रदीप थापा रहेका थिए ।