२०८१ बैशाख १३, बिहीबार    

लागूऔषधसहित भीमफेदीबाट दुईजना पक्राउ

२०७९ जेठ २९, आईतबार १८:१८ बजे

मकवानपुर प्रहरीले अबैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

नाईट्राभेट ५ सय ३८ ट्याबलेटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । शनिबार दिउँसो साढे ४ बजे इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले भीमफेदी–६ स्थित सडकमा सुमोमा सवार २ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना.१ ज ३५५३ नम्बरको यात्रुबाहक सुमोलाई रोकी चेकजाँच गर्दा उक्त सुमोमा सवार तनहँु जिल्ला देबघाट–४ का २१ वर्षीय सरोज भुजेल र धुलीखेल–९ का २३ वर्षीय जंगबहादुर तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागूऔषध नाइट्राभेट ५ सय ३८ ट्याबलेट फेला पारेको थियो । प्रहरीले लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।